३ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापा विश्‍व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित भएका छन्।

बुधबार साँझ सामाजिक सञ्‍जाल फेसबुकमार्फत विश्व बैंक र आईएमएफ उनले आफू निर्वाचित भएको जानकारी गराएका हुन्।

उनले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्, ‘वर्ष २०२१(२०२३ का लागि विश्‍व बैंक र आईएमएफमा संसदीय नेटवर्कको बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुसी लागेको छ।’

नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न आफू उत्साहित भएको पनि उनले भनेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV