३ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपालको बंगलादेश दुतावास अगाडि प्रदर्शन भएको छ । बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि भएको हिंसाको विरोधमा सो प्रदर्शन भएको हो ।

आज बुधबार बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायविरुद्धको साम्प्रदायिक आक्रमणमा हालसम्म ८ जनाले ज्यान गुमाएका छन् । यस्तै ६ सयभन्दा बढी घर जलाइएको छ।

निर्दोष व्यक्तिको निर्मम हत्या गरेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको जनाइएको छ । बंगलादेश हिंसाविरुद्ध दी इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन)ले विश्वव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV