३ कार्तिक २०७८, बुधबार

काठमाडौं । बुधबार साँझसम्म बाढी/पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । नेपाल प्रहरीको समाचार बुलेटिनअनुसार सोमबारदेखिको अविरल वर्षाका आएको बाढी/पहिरोमा परि विभिन्न जिल्लामा ५८ जनाले ज्यान गुमाएका छन् ।

बाढी/पहिरोका कारण १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरि बुधबार साँझसम्म ५८ जनाले गुमाएको प्रहरीको बुलेटिन समाचारले जनाएको छ

यसैगरी बुधबार साँझसम्म २६ जना बेपत्ता रहेका छन् भने १५ जना घाइते भएका छन् । बाढी/पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना बेपत्ता भएका छन् । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ ।

यसैगरी बाढीको कारण १ हजार २८ वटा घर डुबानमा परेका छन् भने १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV