३ कार्तिक २०७८, बुधबार

काठमाडौँ । गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान र लेखक केशव दाहाललाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ ।

बुधबार खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा खेमलाल(हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यी दुई सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।

भक्तराज आचार्य भजन शिरोमणिका रुपमा परिचित छन् । केशव दाहाल भने मोक्षभूमि उपन्यासका लेखक हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV