३ कार्तिक २०७८, बुधबार

काठमाडौं । बाढी/पहिरोका कारण आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को आजको बैठकले आवास गुमाउन पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

विपद्मा परी घाइते भएकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको पनि उनले बताएका छन् ।

क्षतिको विवरण सङ्कलन गरि मन्त्रालयलाई तत्काल प्रतिवेदन पेश गर्न पनि बैठकले निर्देशन दिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारका विभिन्न निकायलाई राहत र उद्धारमा जुट्न सरकारले अनुरोध गरेको छ । विपद्मा स्वतःस्फूर्त खटेका सबैलाई सरकारले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV