३ कार्तिक २०७८, बुधबार

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई बुधवार मुम्बई क्रुज ड्रग्स काण्डमा ठूलो झट्का लागेको छ।

क्रुज ड्रग्स पार्टी केसका आरोपी आर्यन् खानको जमानत याचिका फेरि खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ ।

तीनै जनालाई अहिलेको लागि जेलमा नै रहनु पर्ने भएको छ । आर्यनका वकिलले अब यस बम्बई उच्च अदालतको शरण लिनेछन्। २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन् ।

जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि भोलि बिहिबार समाप्त हुँदै छ ।

मुम्बईको विशेष अदालतमा जमानत याचिका खारेज भएपछि अब उनी आर्यन खानको जमानतका लागि उच्च अदालतमा निवेदन पेश गर्नेछन् ।

एनसीबीको तर्फबाट यो मामिलामा एएसजी अनिल सिंहले हेरिरहेका छन् र अदालतमा उनलाई श्रीराम शिरसातले सहयोग गरिरहेका छन् ।

शिरसात बम्बे हाइकोर्टमा रिया चक्रवर्ती ड्रग्स केसमा पनि एएसजीको मद्दत गरिरहेका थिए । एसपीपी अद्वैत सेठनाले पनि एनसीबीको प्रतिनिधित्व गरिरहेका छन् ।

एनसीबीको टोलीले मुम्बईबाट गोवा जाँदै गरेको क्रूज जहाजमा छापा मारेको थियो । उक्त पार्टीमा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि उपस्थित थिए। एनसीबीले आर्यन खानसहित ७ जनालाई हिरासतमा लिएको थियो र उनीहरुलाई घन्टौंसम्म सोधपुछ गरेको थियो।

आर्यन खान बिरुद्ध एनडीपीएस ऐनको धारा ८ (ग), २० (ख), २७ २८, २९ र ३५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एनसीबीले यस मामिलामा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV