३ कार्तिक २०७८, बुधबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ३५ जना र १ हजार ४ सय ४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ७४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७५८ जना कोरोनामुक्त , १३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ५८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८४ हजार १ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय २६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ८० हजार ६ १ सय २३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३१० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV