३ कार्तिक २०७८, बुधबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित रामघाटको दतीवनीया बावा कुट्टीमा हनुमानको एउटै मार्बलबाट निर्माण गरिएकाे ८ फुटको मूर्तिको प्राण प्रतिस्ठान गरिएकाे छ ।

बुधबार विधिवत् रुपमा पूजाजापाठ गरेर मेयर किरणा सिंहले नवनिर्मित हनुमान मूर्तिको प्राण प्रतिस्ठान गरेका हुन् । मूर्तिको प्राण प्रतिस्ठान गर्न ५ जना पण्डितहरुले सामूहिक पूजापाठ गरेका थिए ।

हनुमानको मुर्ति स्थापना गरिएको स्थलमा यज्ञशाला, बाटो सिढी समेत निर्माण गरिएको छ । निर्माणमा करिब १७ लाख लागनी भएको मेयर सिंहले बताए । प्राण प्रतिस्ठान समारोहमा मेयर सिंहकी श्रीमति उमा समेतको सहभागीता रहेको थियो ।

मेयर सिंहले धार्मिक स्थल रामघाटमा भक्तजनहरुको माग अनुसार हनुमानको मूर्ति स्थापना गरिएको बताए । यो मूर्तिले रामघाट र दतीवनीय बावा कुट्टीको महत्व अझ बढने बताए । मुर्तिमा लाईटिङ स्स्टिम समेत राखिएकाले राति अझ सुन्दर देखिने भक्तजनहरु बताउछन् ।

दतिवनीया बावाले निर्माण गरेको अग्लो हनुमानको मुर्ति नजिकै अर्को आकर्षक हनुमानका मुर्ति निर्माण गरिए पछि भक्तजनहरु खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV