३ कार्तिक २०७८, बुधबार

काठमाडौं । बाढी/पहिरोले घर भत्काएकाहरुलाई घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका हुन् ।

उनका अनुसार घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय गरेको पनि गृहमन्त्री खाँणले जानकारी दिए ।

बाढी पहिरोका कारण मृत्यु भएका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV