३ कार्तिक २०७८, बुधबार

काठमाडौं । अविरल वर्षाका कारण भित्राउन लागिएको धानबाली क्षति विवरण संकलन र अनुसन्धान गरेर किसानलाई राहत दिने निर्णय भएको छ ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर राहत दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

उनले भने, ‘धानबाली भित्राउने बेला क्षति भएको छ । यसबारे विवरण संकलन र अध्ययन अनुसन्धान गरेर राहत दिलाउने निर्णय भएको छ ।’

यसैगरी सरकारले बाढी पहिरोका कारण मृत्यु भएका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले बताएका छन् ।

बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV