३ कार्तिक २०७८, बुधबार

काठमाडौं । बाढी तथा पहिरोले घर भत्काएको परिवारलाई सरकारले तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदकोको बैठकले बाढी/पहिरोले घर भत्काएको परिवारलाई ५० हजार दिने निर्णय गरेको हो ।

बैठकमा अविरल वर्षाका कारण हालसम्म विभिन्न जिल्लाका २० घर भत्केको तथ्यांक प्राप्त भएको छ । बैठकमा कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभर बाढी पहिरोबाट ५० जनाले ज्यान गुमाएका छन् भने ३९ जना बेपत्ता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV