३ कार्तिक २०७८, बुधबार
  • जनक बहादुर शाही

हुम्ला । वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जनाको ज्यान गएको छ ।

खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति माथीबाट खसेको पहिरोले घर पुरीदा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका १४, ५ र ३ वर्षीय छोराहरू अलेन्द्र, हुमेश र जसबहादुर शाही पुरिएका थिए ।

घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका धनबिरे शाही उनका भतिजा १४ वर्षको छोरा अलेन्द्र शाही, कलबहादुर शाही उनकी श्रीमती आसा शाही, ५ वर्षीय छोरा हुमेश शाही र ३ वर्षीय छोरा जसबहादुर शाही सहित ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले बताए ।

घटना मंगलबार राति ८बजे भएको भएपनि अबिरल वर्षाका भएको र रातीको समय भएकाले उद्धारमा कठिनाइ भएपछि बुधबार बिहानबाट स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी,ससस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा उद्धार गर्दा पुरिएका सबै जना मृत अबस्थामा भेटीएको डिएसपी शर्माले बताए ।

घर पुरिँदा घरसंगै पुरिएका ६ जना मृतक अबस्थामा छन् । भने पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार गरिएको र बर्षाले गाउँका घरमा बस्न जोखिम छ ।

सबै घरहरूमा पुन पहिरो आउने जोखिम भएकाले स्थानीयबासीहरूलाई सचेत र सजग भएर बस्न समेत आग्रह गरेको घटनास्थल खर्पेलगाऊ पुगेका डिएसपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV