३ कार्तिक २०७८, बुधबार

नयाँदिल्ली । भारतको केरलामा भारी वर्षाको कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन् ।

उनीहरुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याइएको थियो । उनीहरु दुवै स्वास्थ्यकर्मी हुन् । भारी वर्षाका कारण केरलामा पुल र सडक बगाएको छ भने कतिपय गाउँहरु पूर्ण रुपमा यातायात सञ्जालबाट विच्छेद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV