३ कार्तिक २०७८, बुधबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले युक्रेनी क्लब साख्तर डोनेक्सलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

साख्तरको मैदानमा रियललाई सानदार जित दिलाउनको लागि युवा विंगर भिनिसियस जुनियरले दुई गोल गरे ।
रोड्रिगो र कप्तान करिम बेन्जेमाले समान एक-एक गोल थपे । रियलले एक गोल भने उपहार पाएको थियो ।

खेलको ३७ औं मिनेटमा आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो । लुकास भास्क्वेजको थ्रु बलमा करिम बेन्जेमाले प्रयास गर्दा क्रिभस्टभले आफ्नै पोस्टमा गोल गरेका थिए ।

५१औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा भिनिले नै गोल गर्दै रियललाई ३-० गोल अग्रता दिलाए ।

६५औं मिनेटमा रोड्रिगोको गोल गर्दै रियललाई फराकिलो जिततर्फ अघि बढाए । उनले भिनिसियसको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान करिम बेन्जेमाले मार्को एसेन्सियाको पासमा गोल गर्दै रियललाई ५-० को सानदार जित दिलाए ।

यो जितसँगै रियल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । समान ६ अंक नै रहेपनि रियल हेड टु हेडमा एफसी सेरिफ भन्दा पछि छ । रियलले घरेलु मैदानमा सेरिफसँग २–१ को हार बेहोरेको थियो । पराजित साख्तर १ अंक जोडेर पुछारमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV