२ कार्तिक २०७८, मंगलवार

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले नेपालको सुन्दर हिमाली भेगका तस्वीरहरु आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् ।

परिणिती सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालमा आएकी हुन् । हाल उनीसंगै अनुपम खेर, बोमन इरानी लगायत टोली नेपालमा छन् ।

परिणितीले सगरमाथालाई नियाल्दै गरेको तस्वीर त कहिले नाम्चे बजारमा फुटबल खेल्दै गरेको तस्वीर पोस्ट गरिरहेकी छिन् ।

फोटो हाल्दै परिणितीले लेखेकी छिन्, “दैनिक ध्यान मेरो सिकरेट हो ।”

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV