२ कार्तिक २०७८, मंगलवार
  • उत्तर बिष्ट

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नं।३ बस्ने अन्दाजी ६०/६५ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु भएको छ ।

घर नजिकै रहेको खोलाबाट पाईपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरो सहितको भेलले बगाउदा नर्मदा देवी शाहीको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताउनु भयो ।

पहिरोले च्यापिए संगै खोलाले बगाएपछि करिब ५ सय मिटर तल शव भेटिएको उहाँले बताउनुभयो । शव छेदविच्छेद भएको र कम्मर माथीको भागमात्रै भेटिएको छ ।

सकायल चौकीबाट प्रहरी टोलि घटना स्थल पुगेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV