२ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बाढी/पहिरो प्रभावितलाई तत्काल उद्दार, राहत र परिचालनका लागि भनेर २५ करोड रकम उपलब्ध गराउने भएको छ।

अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी÷पहिरोमा परेकाहरुको उद्धार, राहत र परिचालन गर्नका लागि मंगलबार साँझ मुख्यमन्त्री त्रिलोचन भट्टले बोलाएको आकस्मिक बैठकले तत्काल विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

कोषमा २५ करोड उपलब्ध गराउनेसँगै ९ वटा जिल्लालाई तत्कालका लागि २५ लाखका दरले बजेट दिने निर्णय पनि गरिएको छ ।

उक्त रकमबाटै प्रत्येक जिल्लाका प्रहरी र सशस्त्र प्रहरीलाई ५/५ लाख रुपैयाँ र नौ वटै जिल्ला प्रशासनलाई १५/१५ लाख रुपैयाँ रकम दिइने निर्णय पनि भएको छ ।

प्रदेश सरकारले संघ र स्थानीय सरकारसँगको समन्वयमा अहिलेको विपद् न्यूनिकरण गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV