२ कार्तिक २०७८, मंगलवार
  • सुरेश भट्ट

कञ्चनपुर । आइतबार साँझदेखिको अविरल बर्षाका कारण महाकाली नदी र जोगबुडाको ओभर फ्लो पानी वस्ती पस्न थालेको छ ।

भीषण वर्षाका कारण कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९,१०,११,१२,१३ र दोधारा चादनी नगरपालिका वडा नम्बर ८ र १० का वडा डुमानमा परेका छन् ।

दुई दिन देखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको वहाफ बढे संगै महाकाली नदी र जोगबुढा नदि गाउ पस्न थालेपछि तटिय क्षेत्रका सयौं घर डुबानमा परेका हुन् ।

महाकाली नदिमा बन्दै गरेको चार लेनको पुल संग जोड्ने बाटो कालोपत्रे सडक ( भाइरल रोड ) पनि अहिले पानीले कटान गरिराखेको छ भने झोलुगें पुल नजिकै रहेको होमपाइपबाट पानी ‘ओभर फ्लो’ भएर गाँउ पस्न थालेको छ ।

महाकाली नदिमा पानीको बहाफ बढ्दै जान थालेपछि नगरपालिकाले दमकलको साहयतामा साइरन बजाएर तटिय क्षेत्रका बासीन्दालाइ सुरक्षित रहन आग्रह गरी राखेको छ भने नेपाल प्रहरी र शसश्त्र प्रहरीका साथै स्थानीय मिलेर बाढी पसेको क्षेत्रबाट स्थानियलाइ सुरक्षीत ठाउमा सारी राखेका छन् ।

महाकालीमा मंगलबारको पानीको बहावले ९२ वर्ष यताको रेकर्ड तोड्यो
आइतबार देखि सुदुरपश्चिममा परीराखेको अविरल वर्षाले उर्लिएको महाकाली नदिको पानीको बहावले अहिले सम्म यताको रेकर्ड ताडेको छ । मंगलबार दिउसो २ बजे महाकाली नदिमा पानीको बहाव मापन गर्दा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी पुगेको थियो जुन अहिले सम्मकै उच्च हो ।


सन २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक पानी मापन गरीएको थियो जसको रेकर्ड मंगलबार महाकालीमा आएको बाढीले तोडेको छ ।नदिमा पानीको बहाव उच्च भएपछि पुलमा पैदल आवागमन समेत बन्द गरीएको छ ।

बाढीले ४ लेनको पुल संग जोड्ने ६ लेनको कालोपत्रे सडक भत्कायो, पुल आयोजनाको अस्फाल्ट पलान्ट एरिया र क्याम्प डुवायो

कञ्चनपुरको भिमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिका जोड्ने महाकाली नदिमा निर्माणधिन ४ लेन पुलको पहुच मार्ग नै बगाउन थालेको छ ।महाकाली नदिमा पानीको बहाव बढे संगै पानीले ४ लेन पुलको पहुच मार्ग नै बगाइ रहेको छ भने निर्माण कम्पनीले निर्माण गरेको अस्फाल्ट पलान्ट एरिया पुरै डब्दा निर्माण समाग्री र यतायातका साधनमा ठुलो क्षती पुगेको छ ।

गत २०७४ साल भदौ देखि निर्माण कार्य सुरु गरेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीले निर्माणको अवधि २०७८ फागुन १२ गतेसम्म तोकिएको छ तर महाकाली नदिले कम्पनीले बनाएको कालोपत्रे सडक र अस्फाल्ट पलान्ट एरिया पुरै डब्दा निर्माण कार्यमा प्रभाव पर्ने देखिन्छ ।

पुलको दुवैतर्फ ५ हजार ४ सय मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको हुदा नदीको पारि र वारि गरी दुवैतर्फ २ हजार ७ सय लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ जसले गर्दा पुलको पहुच मार्ग कालोपत्रे सडक सरक्षित रहन्छ ।
तर बाँधका निर्माणका लागि १ लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने र ७० प्रतिशत ढुङ्गा २६० किलोग्राम भन्दा बढी तौलका चाहिने भएकाले ढुंगा केही समयअघि महाकाली पुल योजना कार्यालयले स्थानीय तह र प्रशासनसित समन्वय गरी महेन्द्रनगरको उत्तरमा रहेको चुरेको फेदबाट ठुला ढुंगा ल्याउन थालेपनि स्थानीय उपभोक्ताको विरोधपछि त्यो रोकिएको थियो ।

नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउने काम ढुङ्गा नपाउदा तटबन्ध निर्माणको काम नै रोकीएको छ ।

ठेकेदारले नदिमा ढुङ्गा नपाउदा ठेक्का अनुसारको बाधनै निर्माण गर्न सकेको छैन जसका कारणले निर्माण कम्पनीले पुल संग जोड्ने कालोपत्रे सडक निर्माण गरेपनि महाकाली नदिले बगाएर लग्ने देखिन्छ तसर्थ आवश्यक ढुङ्गा खोजी तटबन्ध निर्माण गर्न तर्फ समयमै सम्बन्धित पक्षकको ध्यान जान जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV