२ कार्तिक २०७८, मंगलवार

एजेन्सी । एक गर्भवती महिला भारतको महाराष्ट्रको कल्याण रेलवे स्टेशनमा  चलिरहेको ट्रेनबाट अचानक खसेकी छन्।

एक आरपीएफ कांस्टेबलले एक देवदूत जस्तै गरी उनको जीवन बचाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अक्टोबर १८मा समाचार एजेन्सी एएनआईद्वारा जारी गरिएको उक्त भिडियोमा एक रेल सोमबार महाराष्ट्रको कल्याण रेलवे स्टेशनबाट छुटेको देखिएको छ।

त्यहाँ यात्रुहरु ट्रेनमा चढ्ने र ओर्लिने गरिरहेका थिए । यसैबीच ट्रेनबाट एक गर्भवती महिला प्लेटफर्ममा उत्रन खोज्छिन्, तर उनको खुट्टा चिप्लेर लड्छिन् । त्यसपछि प्लेटफर्ममा उपस्थित आरपीएफका एक जवान एसआर खांडेकरको आँखा महिलामा पर्छ। उनले उफ्रेर महिलाको ज्यान बचाएका छन् ।

चन्द्रेश नामक एक व्यक्ति आफ्नो बच्चा र ८ महिनाको गर्भवती पत्नीसंग गोरखपुर एक्सप्रेस ट्रेनमा यात्रा गर्न कल्याण रेलवे स्टेशन पुगेका थिए। गल्तीले उनीहरु अर्को ट्रेनमा चढिए। जब रेल चल्न सुरु भयो, उनीहरुलाई थाहा भयो कि गलत ट्रेनमा चढिए । त्यसपछि गर्भवती पत्नी तल झर्न खोज्दा लडिन् । तर उनलाई आरपीएफ कांस्टेबलद्वारा बचाइयो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV