२ कार्तिक २०७८, मंगलवार
  • तारा आचार्य

विराटनगर । मोरङको कर्सिया स्थित सिटिजन्स बैंक लुट्ने थप एक जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न दुुई जना भारतीय सहित तीनजनालाई यस अघि नै पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । प्रहरीको विशेष टोलीले भारत अररीयाफारमेसगञ्ज १० का रोशनयादवलाई पेस्तोल सहित भारत देखि नै पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको छ ।

विराटनगरका श्याममुखिया, भारत अररियाका सुनिल यादव र विजय सहनीलाई पहिले नै पक्राउ परेका थिए । पक्राउ परेका यादवले बैंक देखि लुुटपाट गरेको रकम लिएर फरार भएको र लुटपाटमा संलग्न मुख्य गिरोह रहेको अनुसन्धानमा संलग्नप्रहरी अधिकारीले बताएका छन् । प्रहरीले लुटेराको साथबाट पेस्तोल बरामद गरे पनि बैंक देखि लुुटेको पैसा भने बरामद गरेको छैन । दिउंसै बैंक लुटपाटको घटनाको १ नं. प्रदेश पहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र इलाकाप्रहरी कार्यालय रंगेलीले संयुक्त रुपमा अनुसन्धान गर्दै आएको छ ।

बैक लुट्ने गिरोह नै विराटनगरका बजारमा, गार्मेन्टलगायत विभिन्न पसलमा भएका लुटपाटमा संलग्न भएको अनुुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।कर्सियाको सिटजन्स बैंकबाट ७ जनाको समुहले लुटेको २१ लाख७० हजार ५ सय ६३ रुपैंया अभैm भेटिएको छैन ।

बैंक लुट्ने फरार अभियुक्तहरु भारतमा पनि वान्टेड सूूचीमा रहेकाले भारतको अररिया प्रहरीले समेत उनिहरुको खोजी गरिरहेको जनाएको छ । घटनाका मुख्य अभियुक्तहरु पक्राउ परिसकेको र थप ३ जनालाई पनि चाँडै पक्राउगरिने मोरङ प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV