
- तारा आचार्य
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमाझापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो ।
झापाको विर्तामोडमा ११, दमकमा७, बुद्धशान्ति र कनकाईमा ५–५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २–२, शिवसताक्षी, हल्दिबारी र स्थानीयतहनखुलेका १–१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २–२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा १–१, इलामको इलामनगरपालिकामा ४ र चुलाचुलीमा १, संखुवासभाको चैनपुर र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज १६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।