२ कार्तिक २०७८, मंगलवार

काठमाडौं ।  बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनामा संलग्न भएकालाई कडा कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रिय एकता अभियानले बंगलादेशको दोषीलाई कडा कारबाही गर्न सरकारसंग माग गरेको हो। अभियानले बंगलादेशका हिन्दू समुदायको सुरक्षाको माग गर्दै नेपालस्थित बंगलादेश राजदूतावासमार्फत प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र पठाएको ।

नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरीमार्फत प्रधानमन्त्री हसिनालाई ज्ञापनपत्र पठाएको जनाइएको छ । ज्ञापनपत्रमा बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्‍याएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रका अनुसार बंगलादेशमा हिन्दू जनसंख्या र पूजास्थलमा संगठित भीडको हमलाको खबरबाट नेपाललाई गहिरो आघात पुगेको छ ।

अभियानले जारी हिंसा रोक्ने अभियान चलाउन पनि बंगलादेश सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV