२ कार्तिक २०७८, मंगलवार
  • ज्योति कुमार पन्थी

गुलरिया । कर्णाली नदीमा पानीको सतह बढेसँगै बर्दियाका बस्तीमा कर्णाली नदी पसेको छ । बस्तीमा कर्णाली पस्दा ४७ घर डुबानमा परेका छन् ।

आइतबारदेखि परेको अविरल बर्षाका कारण कर्णाली नदीले खतराको तह पार गर्दा बर्दियाका राजापुर नगरपालिकाको वडानम्बर १ का चउरा र तिहुँनी, गेरुवा गाउँपालिकाका वडानम्बर २ को राजीपुर र वडा नम्बर ३ को लोहारपुर, संकटी र बंकटीमा पानी पसेको हो ।

बाढीका कारण ४७ घर डुवानमा परेका छन्।
उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारीमा जुटीरहेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । बस्तीमा पानी पसेका गाउँका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ ।

साथै आवश्यक उद्धार र सुरक्षित क्षेत्रतर्फ लैजानलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सहयोग गरीरहेको छ ।

कर्णाली नदीको पानीले खतराको तहपारगर्दै १२ दशमलव ५ मिटर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV