२ कार्तिक २०७८, मंगलवार

काठमाडौं । शरद ऋतु भए पनि दुई दिनदेखि अविरल वर्षा परिरहेको छ । मौसमविद्हरुका अनुसार मौसमी प्रभाव बिहीबारसम्म रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बंगालको खाडी हुँदै आएको वर्षाको बढी असर सूदूरपश्चिम प्रदेशमा देखिएको छ ।

दुई दिनअघि सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

जलतथा मौसम विज्ञान विभागले विगतका अक्टोबर महिनामा भएका चरम मौसम (एक्स्ट्रिम वेदर) बारे विश्लेषण सुरु गरिएको छ ।

यस वर्ष सबैभन्दा बढी वर्षाले धन जनको क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV