२ कार्तिक २०७८, मंगलवार
  • सुरेश भट्ट

कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो ।

आइतबार रातिदेखि निरन्तर परिराखेको भीषण वर्षाका कारण कञ्चनपुरको भिमदत्त नगरपालिकाका वडा नम्बर ९,१०,११,१२,१३ र दोधारा-चाँदनी नगरपालिकाका वडा नम्बर ८ र १० का वडा डुमानमा परेका छन् ।

दुइ दिन देखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदिमा पानीको वहाफ बढे संगै महाकाली नदि र जोगबुढा नदी गाउँ पस्न थालेपछि तटिय क्षेत्रका सयौं घर डुबानमा परेका हुन् । महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ ।

महाकाली नदीमा बन्दै गरेको चार लेनको पुलसंग जोड्ने बाटो कालोपत्रे सडक (भाइरल रोड) पनि अहिले पानीले कटान गरिराखेको छ भने झोलुगें पुल नजिकै रहेको होमपाइपबाट पानी ओभर फ्लो भएर गाउँ पस्न थालेको छ ।

महाकाली नदीमा पानीको बहाव बढ्दै जान थालेपछि नगरपालिकाले दमकलको सहायतामा साइरन बजाएर तटीय क्षेत्रका बासीन्दालाइ सुरक्षित रहन आग्रह गरी राखेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय मिलेर बाढी पसेको क्षेत्रबाट स्थानियलाइ सुरक्षीत ठाउँमा सारी राखेका छन् ।

बिहान ७ बजेतिर महाकाली नदीमा पानीको सतह ४ लाख ६१ हजार ७ सय २८ क्युसेक पुगेको छ जुन यो वर्षकै उच्च बाढी हो रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपाने जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV