१ कार्तिक २०७८, सोमबार

एजेन्सी । भारतका विवादास्पद धार्मिक गुरु गुरमीत राम रहिमलाई आजीवन जेल सजाय दिइएको छ ।

सीबीआईले अदालतबाट डेरा प्रमुखलाई मृत्युदण्डको सजायको माग गरेको थियो। राम रहिमले अदालत समक्ष दयाको निवेदन गर्दै आफ्नो रक्तचाप, आँखा र मिर्गौला सम्बन्धी रोगहरुको पनि उल्लेख गरेका थिए।

डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिमलाई रणजीत सिंह हत्या प्रकरणमा सीबीआईको विशेष अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ। उनी बाहेक अन्य चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ।

राम रहीम सहित पाँच दोषीलाई अक्टोबर ८ मा दोषी ठहर गरिएको थियो। त्यसपछि सोमबार सजाय सुनाइएको हो। सजायको घोषणा हुनुभन्दा पहिले पञ्चकुला जिल्लामा सुरक्षा व्यवस्था कडा पार्दै धारा १४४ लगाइएको थियो।

त्यहाँ कुनै पनि प्रकारको धारिलो हतियार बोक्न प्रतिबन्ध लगाइएको थियो। सय सैनिकहरु १७ नाकाहरु र शहरमा तैनात थिए। आईटीबीपीको चार टुकडी सीबीआई अदालत परिसर र चार प्रवेशद्वारमा तैनात थिए।

डेरा सच्चा सौदाका प्रमुख रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्या आरोपमा आजीवन कैद र ३१ लाख भारतीय रुपैयाँको सजाय दिइएको जनाइएको छ ।

रणजीत सिंहको २००२ मा हत्या गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV