१ कार्तिक २०७८, सोमबार

एजेन्सी । अफगानिस्तानको काबुलमा सयौं डाक्टरहरू तलब माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकहरूले विगत १४ महिनादेखि तलब नपाएका सामंगान र नुरिस्तान प्रान्तका सयौं पुरुष र महिला डाक्टरहरू काबुलको यूएएएमए गेटमा तलब माग गरिरहेको जनाइएको छ ।

विश्व बैङ्कलाई विगत १४ महिनाको तलब दिन आग्रह गर्दै चिकित्सकहरूले आन्दोलन गरेका हुन् । उनीहरुको प्रान्तका क्लिनिकहरूमा औषधिको पनि चरम अभाव भएको बताइएको छ ।

विश्व बैङ्कका एक अफगान ठेकेदार असद फयाजमाथि विश्व बैङ्कबाट पैसा लिएर चिकित्सकहरूले आफूहरुलाई तलब नदिएको आरोप लगाएका छन् ।

तलब नदिए आन्दोलन जारी राख्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV