१ कार्तिक २०७८, सोमबार

काठमाडौँ । ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ुवर्ल्ड लिडर समिटुमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएके छ ।

ग्लास्गोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदै छ। उक्त समिटमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरू सहभागी रहनेछ ।

यो सम्मेलन वार्षिक रूपमा हुने गर्छ र त्यसमा १९७ देशले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्‍नेबारे योजनाहरू बनाउन छलफल गर्छन्।

नेपाल समय
यो ुयुनाइटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जुको हिस्सा हो। त्यो भनेको एउटा अन्तर्राष्ट्रिय सन्धि हो, जसमा लगभग सबैजसो देश र क्षेत्रले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV