१ कार्तिक २०७८, सोमबार

काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्‌का विवादित सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा। कल्याण रोक्कालाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV