१ कार्तिक २०७८, सोमबार

एजेन्सी । पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८४ वर्षीय पावेलको निधन कोरोना भाइरसको संक्रमणका कारण भएको हो ।

उनी सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री बनेका थिए। अमेरिकाको इतिहासमा उनी पहिलो अश्वेत विदेशमन्त्री हुन्। उनी राष्ट्रपति रोनाल्ड रेगनका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका थिए।

सन् २००४ मा नेपाल भ्रमण गरेका पावेल नेपाल भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री पनि थिए। उनका परिवारले सामाजिक सञ्जालमा उनको निधनको औपचारिक घोषणा गरेका छन्।

पावेल परिवारले फेसबुकमार्फत दिएका जानकारी अनुसार ‘पूर्व अमेरिकी विदेशमन्त्री तथा सुरक्षा प्रमुख जनरल कोलिन एल। पावेलको कोभिड १९ बाट उत्पन्न जटिलताबाट आज विहान निधन भएको छ।

पावेलले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लिएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV