१ कार्तिक २०७८, सोमबार

काठमाडौं । सरकारले माल्द्धिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज (सोमबार ) बसेको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साफमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनको सम्मान गर्दै यस्लाई कायम राख्न प्रोत्साहन गर्ने नीति अनुरुप खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको बताउनुभयो ।

भारतसंगको फाइनल खेल ३–० ले गुमाएको नेपाली टोलीको प्रदर्शन भने तारिफयोग्य थियो । आज विहान स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलदेखि नै भव्य स्वागत एवं सम्मान गरिएको थियो ।

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली खेलाडीलाई विमानस्थलमा नै गएर सम्मान गर्न नेपाली फुटबलप्रेमीहरुलाई आग्रह गरेका थिए । यद्धपि उनी भने कतारबाट आफ्नो देश कुवेत तर्फ लागेका छन् । केही साताको आरामपछि उनले नेपालबारेमा निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV