१ कार्तिक २०७८, सोमबार

पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले समन्वय नगर्दा आफूहरूले विद्रोह गरेको बताएकी छन् । ‘पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीले सामान्य समन्वय नगरेर एक्लै हिँड्ने प्रयास गरेको कारण आफुहरुले विद्रोह गर्नुपरेको बताएकी हुन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो उहाँले । त्यसैबाट विद्रोह र भत्किने प्रक्रिया शुरू भएको दाबी गरेकी हुन् ।

आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक ओली नै रहेको बताउदै उनले ओलीले पार्टीलाई सही ढंगले नचलाएको, राज्यसत्ता सही ढंगले नचलाएको । जवाफदेहीता नभएको कारण आफुहरु अलग भएको बताएकी छिन् ।

‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो । त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो’ उनले भनिन्, ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

केपी ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेको उनले आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV