१ कार्तिक २०७८, सोमबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ६५४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २३ जना र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ९९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त , ९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ३७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६ सय ९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ६१ हजार ७ सय ८१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV