१ कार्तिक २०७८, सोमबार

काठमाडौँ । ब्याज दर बृद्धि गर्न अधिकांश बैंकहरुबीच प्रतिस्पर्धा देखिएको छ । लगानीयोग्य रकमको अभाव देखिएपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाउन लागेका छन् ।

बैंकहरुले लामो अवधिका लागि स्रोत सुनिश्चित गर्न मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर दिने घोषणा गरेका छन् ।

आजदेखि लागू हुनेगरी बचत तथा मुद्दती खातामा ब्याजदर बढेको सूचना बैंकहरुले सार्वजनिक गरेका छन् । असोज १ गते सामान्य दर कायम गरेका बैंकहरुको निक्षेप खोसिन थालेपछि कात्तिक १ गतेदेखि लागू हुने गरी उनीहरुले ब्याज बढाएका हुन्।

नयाँ निक्षेप नआउने तर भएकै टिकाउन गाह्रो भएपछि असोजमा शान्त देखिएका बैंकहरुले अहिले आक्रमक भएका हुन्।

यस आर्थिक वर्षको पहिलो त्रैमासिकबाट ब्याज बढाउने प्रतिष्पर्धा चलेकोमा कात्तिकबाट नयाँ ब्याजदर आउँदा वृद्धि देखिएको हो ।

बैंकहरुले ११ प्रतिशतभन्दा माथि ब्याजदर दिने घोषणा वाणिज्य बैंकहरुले गरेका छन् । निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याजदर हिमालय बैंकले ११.६७ प्रतिशतसम्म दिने उल्लेख गरेको छ ।

वाणिज्य बैंकहरुमा अत्याधिक ऋण प्रवाह भएपछि निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV