१ कार्तिक २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावसम्मै गठबन्धनलाई निरन्तरता दिने प्रस्ताव गर्नुभएको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले ले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिन प्रस्ताव राख्नुभएको हो ।

बैठकमा आगामी राष्ट्रिय सम्मेलनका विषयमा पनि छलफल भएको छ। प्रवक्ता कृष्णबहादुर महरालले भन्नुभयो, ‘आजदेखि ठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल सुरु भएको छ, अव मंगलबार बिहान ८ वजे पुनः बैठक बसी थप छलफल हुनेछ।’

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV