
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना र १ हजार १ सय ११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६८० जना कोरोनामुक्त भए, ६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ८० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ५२ हजार ८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७६ पुगेको छ ।