३१ आश्विन २०७८, आईतवार

झापा । भारतले पेट्रोल आपूर्ति घटाएपछि नेपालका पूर्वी जिल्लाका बजारहरूमा पेट्रोलको अभाव देखिएको छ । इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले मागअनुसार पेट्रोल आपूर्ति नगरेपछि नेपालका पूर्वी नाकाबाट हुने पेट्रोलको आयात घटेको हो ।

आयात घटेसँगै यहाँका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे दैनिक ७ सय किलोलिटर पेट्रोलको माग रहेको तर भारतबाट शनिबार १ सय ५० किलोलिटर पेट्रोलमात्र भित्रिएे को नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले जानकारी दिए ।

दसैँको याममा भारतबाट आपूर्ति घटेको र यसबारे भारतीय पक्षसँग कुरा भइरहेको उनले बताए ।

LIVE TV