३१ आश्विन २०७८, आईतवार

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा कैलालीकाे टीकापुरमा २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका– २ स्थित विकास टोलमा से ६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  माेटरसाइकलका चालक १८ वर्षीय सुन्दर मगर र पछाडि सवार १८ वर्षीय केशव मगरको मृत्यु भएको हाे । उनीहरू दुवैजना टीकापुर नगरपालिका वडा नम्बर १ का बासिन्दा रहेकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ ।

उक्त माेटरसाइकलमा तीन जना सवार रहेकाे बताइएकाे छ । मोटरसाइकलमा सवार अर्का १९ वर्षीय आशीष मगर भने घाइते रहेका छन् । उनकाे हाल घाइते आशिषको अहिले काेहलपुरमा उपचार भइरहेको र  अवस्था सामान्य रहेको प्रहरीकाे भनाइ छ । दुर्घटनाका क्रममा तीनै जना घाइते भएकाेमा उनीहरूमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको  हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV