३० आश्विन २०७८, शनिबार

काठमाडौँ । न्याय माग्दै ८ दिनदेखि आमरण अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई अस्पताल लगिएको हो ।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै बाँकेका महिला सहित रुबी खान अनसनमा बसेकी थिइन् ।

वृहद् नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीसहितको टोलीले उनलाई शनिबार अपराह्न अस्पताल लगेको हो ।

न्यायका लागि रुवी खान र बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।

डा उप्रेतीका अनुसार रुबीलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV