३० आश्विन २०७८, शनिबार

एजेन्सी । चीन र भुटान बीचको सीमा विवादको समस्या  समाधानको लागि तीन चरणको रोडम्याप सम्झौतामा हस्ताक्षर गरेको छ । धेरै वर्षदेखि चलेको सीमा विवादलाई हटाउन बिहीबार १४ अक्टोबरमा भिडियो कन्फरेन्सिंगको माध्यमबाट एक बैठक गरी दुई देशहरुले सम्झौता गरको जनाइएको छ ।

डोक्लाम त्रि–जंक्शनमा भारत र चीनका सेनाबीच ७३ दिनको अवरोध भएको चार वर्षपछि सम्झौता भएको हो। डोक्लाममा विवाद जब चीनले भुटानले दाबी गरेको क्षेत्रमा सडक बनाउन खोजे तब सुरु भएको थियो । यस विषयमा भुटानको विदेश मन्त्रालयले तीन चरणको रोडम्यापमा भएको समझदारीले सीमा वार्तालाई नयाँ गति दिनेछ।

भुटान चीनसंग ४०० किलोमिटर भन्दा बढीको सीमा साझा गर्दछ र दुई देशहरु विवादको समाधानको लागि १९८४ पछि सीमा वार्ताको २४ राउन्ड आयोजित गरेका छन्।

भारतले यो सम्झौताको कुनै विस्तृत प्रतिक्रिया नदिएको जनाइएको छ। तर पछिल्लो डेढ वर्षदेखि चीनसंग जारी तनावको कारण यो विकासलाई बेवास्ता गर्ने स्थिति नभएको बताइएको छ ।

दुई क्षेत्रहरु जसमा चीन र भुटानको बीच अधिक विवाद छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV