३० आश्विन २०७८, शनिबार

एजेन्सी । प्रहरीले बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड एम्सको हत्यालाई आतंकवादी हमलाको संज्ञा दिएको छ।

पूर्वी इङ्ल्याण्डको एक चर्चामा बैठकमा सहभागी भएको बेलामा छुरा प्रहारबाट एम्सको हत्या भएको बीबीसीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । पुलिसले यस बिषयमा अनुसन्धान भैरहेको र उनीहरु हाल लण्डनको दुई ठेगानाको खोजीमा रहेको बताएका छन्।

वेलफेयर मेथोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आक्रमण भएको समाचारमा जनाइएको छ ।

आक्रमणम गम्भीर घाइते भएका एम्सको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । सो एम्समाथि आतंकवादीहरुले आक्रमण गरेको त्यहाँको सरकारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV