३० आश्विन २०७८, शनिबार

एजेन्सी । अफगानिस्तानको कान्दहार शहरस्थित आइएसको आत्मघाती बम विस्फोट परि ४७ जना घाइते भएका छन् ।

उक्त शहरमा रहेको शिया मस्जिदमा आइएसले गरेको बम आक्रमणमा परि ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते हुन् ।

बम आक्रमणशुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तीन जना आक्रमणकारीले मस्जिदमा पुगेपछि आत्मघाती बम हमला गरेका प्रत्यक्षदर्शीले बताएका छन्। एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र प्रवेश गरेर बिस्फोट गराएका त्यहाँका अधिकारीहरुले जनाएका छन्।

ठूलो समूह शुक्रबार साप्ताहिक प्रार्थनामा सहभागी भएको बेला बिस्फोट गराइएको हो। अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV