३० आश्विन २०७८, शनिबार

काठमाडौँ । आज (शनिबार) मुलुकभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको र भोली (आइतबार) देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

हाल भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र नेपालमा विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले देशैभरीको मौसममा सामान्य बदली भएको हो ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नम्बर १ र २ तथा बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहनेछ । यसैगरी प्रदेश १, २ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV