३० आश्विन २०७८, शनिबार

विसं २०७८ साल असोज ३० गते, शनिबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १६ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– एकादशी, १९ः१७ बजे उप्रान्त द्वादशी । नक्षत्र– धनिष्ठा १२ः११ बजे उप्रान्त शतभिषा । योग– गण्ड, २५ः५७ बजे उप्रान्त वृद्धी । करण– वणिज ७ः४७ बजेदेखि भाद्र, १९ः१७ बजे उप्रान्त कौलव । काठमाडौंमा सूर्योदय बिहान ६ः०५, सूर्यास्त बेलुकी ५ः३२ बजे ।

मेष : कार्य सफलता प्राप्त हुनेछ । आर्थिक लेनदेनमा केही समस्या आउन सक्ने सम्भावना छ । फन्तहरू नजिकिने छन् ।

वृष : आफ्नो भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ स्वास्थ्य राम्रो रहनेछ ।

मिथन : सोचेभन्दा केही बढी यात्रामा कठिनाइ भेग्नुपर्ने छ । अध्ययन भन्दापनि मनोरञ्जनमा समय व्यतित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

कर्कट : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । सन्तान सुख तथा आफन्तको सहयोग प्राप्त हुनेछ चन्द्र दर्शनगर्नु धन वृद्धि योग हुनेछ।

सिंह : आफन्तदेखि टाढिनु पर्नेछ । महत्वपूर्ण भेटघाट हुनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । खानपिनमा विचार गर्नुहोला ।

कन्या : धार्मिक कार्यमा रुचि बढ्नेछ । नसोचेको ठाउँमा पुगिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काम बन्नाले उत्साह थपिनेछ ।

तुला : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आजका लागि शुभअङ्क ६, ८ रहने छन् शुभरङ्ग निरो रहने छ । बोल्दा विचार गर्नु होला ।

वृश्चिक : धन तथा सम्मान प्राप्त हुनेछ । सोचेभन्दा फरक दैनिक जीवनमा आर्थिक समस्या आइपर्न सक्नेछ, धैर्य गर्नुहोला ।

धनु : स्वास्थ्यमा सामान्य समस्या आउनेछ । महत्वपूर्ण आर्थिक सहयोग उपलब्ध हुनेछ । मध्यान्हदेखि यात्रा गर्नुपर्नेछ ।

मकर : पारिवारिक मेलमिलाप हुनाले मनोरञ्जन पूर्णदिन बित्ने छन् । सध्याकालपछि स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।

कुम्भ : अध्ययको लागि यात्रा गरिनेछ । दाम्पत्य जीवन आरम्भ हुनेछ । मध्यान्हदेखि नयाँ कार्य थालनी गरिनेछ । स्वास्थ्य सामान्य रहनेछ ।

मीन : स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काम बन्नाले उत्साह थपिनेछ भेटघाटले प्रसन्नता दिलाउनेछ अध्ययनमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । हनुमानको कृपा माग्नुहोला ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्
LIVE TV