२९ आश्विन २०७८, शुक्रबार

तनहुँ । तनहुँ कारागाराका कैदीबन्दीले दसैंको टीका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले आज कारागारभित्रै दसैंको टीका लगाएका हुन् ।

कोरोना जोखिमका कारण आफन्तको हातबाट टीका लगाउने व्यवस्था नगरिएपनि कैदीबन्दीले आ–आफैँ टीका लगाएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्ने प्रबन्ध गरिएपनि यो वर्ष आफन्तको हातबाट टीका लगाउन भने रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

“कोरोना कहरका आफन्तलाई टाढैबाट भेट्ने व्यवस्था मिलाएका छौँ, तर टीका लगाउन दिन सक्ने अवस्था भएन”, उहाँले भन्नुभयो, “कैदीबन्दीले आफैँ ठूलाबडाका हातबाट टीका लगाएका छन् ।” कारागारमा हाल २७९ कैदीबन्दी छन्

प्रतिक्रिया दिनुहोस्
LIVE TV