२९ आश्विन २०७८, शुक्रबार

एजेन्सी । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने कम्तीमा ९० जना घाइते भएका छन्।

शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको जनाइएको छ। इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएको छ।

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा अरसल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

बीबीसीका अनुसार विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV