२९ आश्विन २०७८, शुक्रबार

भक्तपुर । विजया दशमीको दिन भक्तपुरको ब्रह्मायणी शक्ति पीठमा जात्रा लागेकाे छ । साे क्रममा भक्तजनहरूले विभिन्न अनुष्ठान विधि अपनाउँदै पूजा गरेका छन् । केही भक्तजनहरू आफ्नो शरीरमा बत्ती बालेर बसेका देखिन्थे भने केही घस्रीपस्री गरिरहेका थिए ।

नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वास छ । यही मान्यता अनुरुप विजयादशमीको दिन यहाँ मेला लाग्ने गर्छ। ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन् । तर विगत वर्षहरुमा भन्दा यो वर्ष कमले मात्र जात्रा अवलाेकन गरेकाे र अत्यन्तै कमले मात्र आफ्नो शरीरमा बत्ती बालेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV