२९ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पारिवारिक सदस्यसँगै दशैँको टीका र जमरा लगाएका छन् । प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनले बिहान १० बजेर २ मिनेटको शुभसाइतमा नै गुरु टिकाराम घिमिरेबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए । साथै प्रधानमन्त्री देउवाले पत्नी आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिएका थिए ।

प्रधानमन्त्री देउवाले सामान्य रुपमै परिवारका सदस्यहरुसँग टीका लगाएर दशैँ मनाएका हुन् । तस्वीरमा प्रधानमन्त्री श्रीमती आरजु र छोरा छोरा जयविरसिंह देउवा देखिएका छन् । साथमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा र प्रकाश देउवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV