२९ आश्विन २०७८, शुक्रबार

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन क्यालिफोर्नियाको एक अस्पतालमा उपचारका लागि भर्ना भएका छन्।

उनका प्रवक्ता एन्जेल यूरेनियाका अनुसार क्लिन्टन मंगलबार अस्पताल भर्ना भएका हुन् । उनलाई युसी इरवीन मेडिकल सेन्टर मा भर्ना गरिएको छ। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ।

७५ वर्षीय बिल क्लिन्टनलाई मुटु सम्बन्धी रोगबाट ग्रसित रहेका छन्। उनको उपचार गर्ने डाक्टरहरुले उनलाई एन्टिबायोटिक र तरल पदार्थ दिइरहेका थिए। हाल उनलाई लगातार अनुगमनको लागी अस्पताल राख्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV