२९ आश्विन २०७८, शुक्रबार

वि.सं २०७८ साल असोज २९ गते, शुक्रबार, आश्विन शुक्लपक्ष। ईश्वी सन् २०२१ अक्टोबार १५ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– दशमी, १२ः २४ बजे उप्रान्त एकादशी । नक्षत्र– उत्तराषाढा १२ः ४४ बजे उप्रान्त धनिष्ठा। योग– धृर्ति, ६ः०८ बजे उप्रान्त वृद्धि । करण– तैतिल ०९ : ०६ बजेदेखि गर, १२ः २६ बजे उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ६ः०४, सूर्यास्त बेलुकी १७ः ३३ बजे ।

मेष : शुभ दिन तथा शुभकार्य हुनेछ यात्रारमाइलो संग वित्ने छ मध्यान्ह देखि भने सामाजिका कार्यमा समय व्यतित हुने छ।

वृष : अध्ययनको लागि नया अवसर मिल्नेछ प्रेममा एक अकोको स्वभाव मननपर्नाले प्रेममा सामान्य किचलो आउने छ ।

मिथुन : नसोचेको ठाँऊ देखि धनप्राप्त हुने छ केहि महत्वपूर्ण काम बन्नाले मनमा उत्साह थपिने छ पारिवारिक तिक्तता हराएर जाने छ ।

कर्कट : सामान्य विवाद आउनाले दिन भरिनै भनमा खिन्नता आउने छ त्यसैले संयमित रहनु होला । हनुमान चालिसा पाठ गर्नाले संकट टर्ने छ ।
सिंह : नसोचेको आर्थिक संकट आउने छ पारिवारिक सहयोग प्राप्त हुने छ सन्ध्याकाल पछि मनमा उत्साह थपिने छ ।

कन्या : मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने कार्यक्रम तय हुने छ मध्यान्ह देखि स्वास्थ्यमा सामान्य समस्या आउने छ ।

तुला  : आर्थिक समस्या आउनाले काहि कतै जानमन मनलाग्ने छैन । मित्रजनको प्राप्त हुने छ स्वास्थ्यमा सुधार आउनेछ ।

वृश्चिक : सोचे अनुरूप कार्य बन्नाले मनमा उत्साह थपिने छ केहि कुराकाट्ने बढ्ने छ आफ्नो सङ्कल्प पुरा गर्न अगाडी बढ्नु सफलता प्राप्त हुने छ ।

धनु : उत्साहका साथ कार्य गरिने भने ब्यवहारिक कुरामा सानो सानो कुराले आफन्तमा तिक्तता आउने छ । स्वास्थ्य राम्रो हुने छ ।

मकर:. यात्रा सफलता पूर्वक सम्पन्न हुने छ स्वास्थ्य राम्रो हुनेछ भेटघाटमा समय व्यतित हुने छ । शत्रु परास्त हुने छन् । खर्च बद्ने छ ।

कुम्भ : वैदेशिक कार्य सम्पन्न हुने छ रोकिएका कार्यपनि बन्ने छन् भने सामाजिक कार्यमा मन जाने छखानपिनमा ध्यानदिनु पर्ने छ टाउको दुखाइ बद्ने छ ।

मीन : नसोचेको आर्थिक धनलाभ हुने छ बोलीको प्रभाव बढ्ने स्वास्थ्यमा सुधार हुनेछ नयाँ ठाँउको अवलोक गरिने छ । पारिवारिक मिलन हुनाले दिन आनन्दमय बित्ने छ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्

LIVE TV